स्थानीय तहको निर्वाचन एक दिन पनि सर्दैन : गगन थापा

न्युजलय २२ फाल्गुण २०७८, आइतबार १२:१८ मा प्रकाशित

इटहरी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते निर्धारण भएको स्थानीय तहको निर्वाचन एक दिन पनि नसर्ने बताएका छन् । स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन नमिल्ने भएकाले तोकिएकै समयमा निर्वाचन हुने उनले बताएका हुन् । 


नेपाली काँग्रेसले चैत मसान्तसम्ममा उम्मेदवार तय गर्ने भएकाले अब निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । विराटनगर महानगर समितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले टोल टोलमा पुगेर जनतालाई भेट्न निर्देशन दिए । 


काँग्रेस नेतृत्वबाट विगतमा भएजस्तो गल्ती नदोहोर्‍याउने लागि परेको उनको भनाइ छ । डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी नेतृत्व काँग्रेस भित्रको एकता ल्याउन लागिपरेको प्रस्ट पारे ।