ओखलढुंगा । ओखलढुंगामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोलुङ गाउँपालिका–४ घले गाउँकी ३८ वर्षीया मीना सुनुवार छिन् ।
शुक्रबार अपराह्न गुठी पाताल जंगलबाट घाँस काटेर घर फर्कंदै गर्दा भीरबाट लडेर उनी घाइते भएकी थिइन्।
प्रहरीका अनुसार सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।