काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन्।
मन्त्रिपरिषद् बैठकको पछिल्लो बैठकले परियारलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो।
यसअघि उनी प्रधानमन्त्री देउवाको प्रेस प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका थिए।
प्रधानमन्त्री देउवाको यसअघिको कार्यकालमा पनि परियारले प्रेस विज्ञको भूमिका निर्वाह गरेका थिए।
करिब २ दशक पत्रकारितामा बिताएका परियार पछिल्लो समय काठमान्डुप्रेस डट कमको प्रबन्ध सम्पादक थिए।