इटहरी । इटहरीमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गदै नेपाल एकिकरण दिवस तथा ३००औँ जन्मजयन्ती मनाइएको छ ।
पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज इटहरी चोकमा शाहजस्तै देखिन व्यक्ति खडा गरि, महिलाहरुले पञ्चेवाजा बजाई इटहरी चोक परिक्रमा गरि यो जयन्ती मनाइएको हो ।
यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको बताउदै मुल समारोहका संयोजक सन्त बहादुर डुम्जनले बताए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२ र ६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।
पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए ।