साजिलाल माविमा करिव पौने ३ करोडको लागतमा कवर्डहल बन्दै

न्युजलय २३ माघ २०७८, आइतबार १०:३० मा प्रकाशित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित साजिलाल माध्यमिक विद्यालयले कवर्डहल निर्माण गर्ने भएको छ ।  

साजिलाल माध्यमिक विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुशार पहिलो कार्यको रुपमा कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको हो । 

आज सुन्दरहरैंचा ५ स्थित विद्यालयको जग्गामा विशेष कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले कवर्डहलको शिलान्यास गरेका हुन् । 

करिव पौने ३ करोडको लागतमा भलिवल, बास्केटवल, व्याडमिन्टन, कराँते, तेक्वान्दो लगायतका खेलका संरचना निर्माण गरि खेलग्रामकै रुपमा विकास गर्ने योजना रहेको विद्यालयका प्रधानध्यापक कल्याणप्रसाद सिटौलाले दिए । स्थानीयबासी, नगरपालिका, प्रदेश सरकार र संघीय सरकार समेतको लागत सहभागितामा कवर्डहल निर्माण गर्ने योजनाका साथ काम अघि बढाइएको उनले बताए । 

कवर्डहलको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख शिवप्रसाद ढकालले विग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले नमुना कवडहल निर्माण गर्न लागेको भन्दै यसकार्यमा नगरपालिकाबाट मात्र नभएर प्रदेश सरकार र संघीय सरकारबाट समेत बजेट जुटाएर निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।