थप ३ सय ८८ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

न्युजलय ९ फाल्गुण २०७८, सोमबार १०:१० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ।

सोमबार १ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।