प्रदेश १ मा आज थप ३५ जनामा कोरोना पुष्टि

न्युजलय १४ फाल्गुण २०७८, शनिवार १२:२२ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७ महिला र २८ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८८९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।