मोरङ। मोरङको केराबारी गाँउपालिका–७ मुगुटोलबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि बाँधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसँगै उक्त मोटरसाइकल चालक सहिदभूमि गाँउपालिका–१ का ३१ वर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी बेलवारीले जनाएको छ ।