इटहरी । अभिनेता पल शाह र उषा उप्रेति अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘पियारी’ बोलको गीतमा गायक योगेश काजि र गायिका सारिका घिमिरेको स्वर रहेको छ ।
रमेश एम.के पौडेलको शब्द रहेको गीतमा योगेशकै संगीत रहेको छ । क्रान्ति केसिले निर्देशन गरेको गीतलाई अशोक पोख्रेलले निर्माण गरेका हुन् ।