संखुवासभा बस दुर्घटनाः प्रदेश सरकारले मृतक परिवारलाई १ लाख रुपैयाँ दिने

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०८:५० मा प्रकाशित

मोरङ । संखुवासभाको मादी– ६ मा भएको सवारी दुर्घटनामा परेकालाई प्रदेश १ सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार(हिजो) संखुवासभाको मादी– ६ मा भएको सवारी दुर्घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई आर्थिक सहयोगस्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

सो दुर्घटनामा घाइते सबैको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने मन्त्री कार्कीले जानकारी दिए।

संखुवासभाको मादीबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो। दुर्घटना १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु थियो । 

यस्तै घाइते ५ जनालाई उपचारका लागि हेलिकप्टबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।