सुनसरी । सहकारी प्रशिक्षालय प्रदेश १ इनरुवा सुनसरीको आयोजनामा ६ दिने अभिलेख व्यवस्थापन, पल्र्स अनुगमन तथा व्यवसायिक योजना निमार्ण तालिम सम्पन्न भएको छ ।
इनरुवामा पुस १५ गते देखी सुरु भएको तालिम मंगलवार(आज) सम्पन्न भएको हो । तालिममा प्रदेश नं.१ का ताप्लेजुङ्ग, खोटाङ्ग, धनकुटा, भोजपुर, झापा मोरङ्ग र सुनसरीका ९ जना महिला सहित ११ जना पुरुषको सहभागीता रहेको तालिम प्रशिक्षक नरेन्द्र पराजुलीले जानकारी दिए ।
तालिमा १० वटा वचत तथा ऋण सहकारी, २ वटा वहुउद्धेश्य, ६ वटा कृषि सहकारी, झापाको हाम्रो स्वावलम्बी सामाजिक उद्यमि सहकारी संस्था र धनकुटाको शिक्षक हित साकोस सहित २० वटा सहकारी संस्थाको सहभागिता रहेको थियो ।
व्यवस्थापक, लेखा समिति र सञ्चालकहरुको सहभागिता रहेको तालिमको सहजिकरण प्रशिक्षक नरेन्द्र पराजुलि र एकनाथ दाहालले गरेका थिए ।
तालिममा सहकारीको अवधारणा र विकास, बचत तथा ऋण व्यवस्थापन, पल्र्स अनुगमन प्रणाली, पाराविन्दु विश्लेषण र सहकारीमा व्यवसायिक योजना निमार्ण वारे शैद्धान्तिक र प्रयोगत्मक अभ्यास गराएको सहभागी मोहन लामिछाने वताए ।
समापन कार्यक्रममा बोल्दै सहभागी हिमा देवि निरौला, रामेश्वर सापकोटा , गंगाराम खत्वे सुमन सन राई , बिमला लिम्बुले तालिमले अभिलेख व्यवस्थापन र पल्र्स अनुगमन तथा व्यवसायिक योजना निमार्ण र सञ्चालन गर्न ठुलो सहयोग पुग्ने बताए ।