यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ८ भदौ २०७९, बुधबार ०१:०९ मा प्रकाशित

काठमाडौं । बुधबार प्रदेश–१, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश–१, बागमती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

 

साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने शाखाले जनाएको छ । 


रातमा भने प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।