काठमाडौं । आइतबार (आज) सुनचाँदीको भाउ बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेको हो । आज दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।