काठमाडौं । १२ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वार्ता गर्ने भएको छ ।
बिहीबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय नपुगेका कारण शुक्रबार पुनः वार्ता सारिएको हो ।
बिहीबारको वार्तामा सरकारी पक्षबाट संघीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको माग अनुसार एकीकृत निजामती सेवा ऐन बनाउनेबारे सकारात्मक कुरा आएको स्थानीय तह कर्मचारी केन्द्रीय संर्ष समितिले जनाएको छ ।