मोरङ । मोरङ मिक्लाजुङ गाउँपलिका ६ कशेनीका मित्र प्रशाद शर्माको सडक दुर्घटनामा परि मृत्यु भएको छ । ६० वर्षीय शर्माको शुक्रबार दमक १ रतुवापुल छेउ भाङबारीमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
दिउँसो करिब २ बजेतिर इटा बोकेको मे १ त ७९४२ नम्बर टयाक्टरले विपरित दिशाबाट आउदै गरेको मे ६ प ३९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकल चालक शर्माको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर चालक परिवर्तन गरेर दोषीलाई उम्काउने प्रयास भइरहेको पिडित पक्षको आरोप छ ।