झापामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु, तीन घाइते

न्युजलय ५ माघ २०७८, बुधबार ०४:२७ मा प्रकाशित

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

कचनकवल–४ केचना बजारमा दुइटा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु भएको छ भने ३ जना घाइते छन्।

ट्राफिक प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको भारतीय बिआर ३७ सी ९००८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३७ इ १८९४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा भारतको कादोगाउँका सञ्जिव सिंहको मृत्यु भएको हो।

मंगलबार भएको सो दुर्घटनाका घाइते सिंहको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा कचनकवल –४ का ३० वर्षका प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भिर घाइते भएका छन्।

मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर १ इटहरी कार्यालयले जनाएको छ।