धरानमा जेब्रा झोला भित्र मानिसको टाउको र खुट्टा फेला

न्युजलय ५ फाल्गुण २०७८, बिहिबार ०१:१६ मा प्रकाशित

धरान । धरान ४ भेडेटार जाने सडक खण्डको जंगलमा जेब्रा झोला भित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । 


बुधबार दिउँसो धरान-भेडेटार जाने सडक खण्डको आपगाछी देखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोला भित्र टाउको र खुट्टा फेला पारेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए ।  


टाउको र खुट्टा झोलामा भेटिएको भए पनि शवको जिउ भने भेटिएको छैन । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । भेटिएको टाउको अनुसार हत्या गरेर फालिएका मानिस अन्दाजी ३०-४० वर्षको हुनसक्ने प्रहरीको अनुमान छ ।