काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३८६ जना कारोना संक्रमित थपिएका छन् । नौ हजार २५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभरबाट आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ रहेको छ । हालसम्म संक्रमित हुनेको कुल संख्या ११ लाख ६८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संया ११ हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।