काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवारले दरबार छाडेपछि फरक साइतमा टिका लगाउने गर्दै आएको छ ।
निर्मल निवास स्रोतका अनुसार १० बजेर ५५ मिनेट जाँदा पुर्वराजा र उनको परिवारले टिका लगाउने साइत तय भएको हो ।
साइतको टीका लगाएपछि पुर्वराजाको परिवार मध्यान्ह १२ बजे महेन्द्रमञ्जील स्थित आमा रत्नको हातबाट टिका लगाउन जाने कार्यक्रम तय भएको छ । यो वर्ष कार्तिक ७ गते टिकाको दिन पूर्व राजा र पञ्चाङ निर्णायक समितिको साईत ७ मिनेटको फरक रहेको छ ।
हरेक वर्ष पञ्चाङ निर्णायक समितिले राज्य प्रमुख, सरकार प्रमुख र अन्यकालागि विजया दशमीको साईत सार्बजनिक गर्ने गरेको छ । सरकारले यो वर्षको टीकाको साईत ११ बजेर २ मिनेट रहेको बताएको छ ।
तर निर्मल निवासले हरेक वर्ष फरक साईतमा टीकाको साइत तयगर्ने गरेको छ । धर्म, संस्कार र संस्कृतिमा विसंगति ल्याउनेहरुले फरक साइत निकाल्ने गरेको भन्दै पञ्चाङ निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले शास्त्र अनुसार विश्वभरकालागि साइत तय गर्ने गरेको बताएका छन् । पूर्वराजाका पुरोहितले आफुलाई प्रसिद्ध ज्योतिष बनाउन आफैले साईन निकाल्ने गरेको गौतमको आरोप छ ।