घट्यो शेयर बजार

न्युजलय २० चैत २०७९, सोमबार ०९:०५ मा प्रकाशित

 काठमाण्डौ । सोमबार (आज) शेयर बजार दोहोरो अङ्कले घटेको छ । 

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६७ अङ्कले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । 

दुई सय ६० वटा कम्पनीका २८ लाख २९ हजार कित्ता शेयर ९२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै एसियन हाइड्रोपावरको शेयर पाँच प्रतिशत तथा मायाखोला जलविद्युत् र जालपा लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।