लेटाङका पूर्वप्रधानपञ्चसमेतको समुह एमाले प्रवेश

न्युजलय २९ माघ २०७८, शनिवार ०२:२६ मा प्रकाशित

लेटाङ । मोरङको लेटाङ निवासी पूर्वप्रधानपञ्च नीरविक्रम किराँती नेकपा एमालेमा प्रवेश गरेका छन् । 

शुक्रबार भएको नेकपा एमाले लेटाङको पूर्ण वैठकको अवसरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा तत्कालिन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च किराँती नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौला, डिल्ली विक, नन्दलाल धिमाल, लोकबहादुर सुवेदी लगायतले किराँतीलाई खादा तथा अविर लगाएर एमालेमा प्रवेश गराएका थिए ।

किराँतीले नेकपा एमालेले अवसर पाएको बेला देशको विकासका लागि धेरै काम गरेकाले त्यसबाट प्रभावित भइ आफु एमालेमा प्रवेश गरेको बताए । किराँती पञ्चालतकालमा २०३८ सालदेखि लगातार २ कार्यकाल तत्कालिन लेटाङ गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए । 

सोही कार्यक्रममा नेपाली कांग्रस, राप्रपा, नेकपा माओवादी केन्द्र र खम्वुवान राष्ट्रिय मोर्चा लगायतका दल परित्याग गरि अन्य व्यक्तिहरु पनि एमालेमा प्रवेश गरेका थिए ।