सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । मङ्गलवार भएको कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।
कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा भएको छलफलमा विवाद भएको थियो । विवाद बढ्दै गएर घम्साघम्सी सँगै मुक्का हानाहान भएको हो । अध्यक्षको दुई वटा दाँत भाँचिएको छ ।
उपाध्यक्ष मण्डलले भने अध्यक्षले नजिक आएर अपशब्द गरेपछि आफूले कुर्सी उठाएको बताइन् । नजिक आएर गालीगलाैज गर्दै हातपात गर्न थालेपछि आफूले प्रतिकार गरेकाे उपाध्यक्ष मण्डलकाे भनाइ छ ।
यस विषयमा प्रहरीमा भने कुनै उजुरी दिइएको छैन ।
गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् ।
अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।