विराटनगरका उद्योगी महेश जाजुलाई महामूर्खको उपाधि

न्युजलय २ चैत २०७८, बुधबार ०७:३३ मा प्रकाशित

विराटनगर । विराटनगरका उद्योगी महेश जाजु महामूर्ख घोषित भएका छन् ।

मंगलवार राति मारवाडी युवा मञ्च विराटनगरले आयोजना गरेको महामूर्ख सम्मेलनमा उद्योगी जाजुलाई महामूर्खको उपाधि दिइएको हो ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीले तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी पहिर्‍याएर महामूर्ख घोषणा गरे ।

सामाजिक काममा अग्रसर हुनेलाई उपाधि दिने गरिएको छ । ‘वर्षभर को कति सामाजिक काममा खट्छ त्यसकै आधारमा महामूर्खको उपाधि दिने गरेको मञ्चले बताएको छ । 

होलीमा विकृति घटाउन र मनोरञ्जन प्रदान गर्न होली महोत्सवको आयोजना गरी महामूर्ख घोषणा गर्ने गरिएको छ ।