काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ। तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोर विजोर प्रणाली कायम रहने निर्णय भएको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो। जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड भएपछि त्यसको व्यापक विरोध भएको थियो।