खनार सहकारीको ११ वर्षे यात्रा, सेयर पुँजी साढे ४७ प्रतिशत्ले बढ्यो

शंकर खत्री २६ पुस २०७८, सोमबार ०७:३५ मा प्रकाशित

इटहरी । इटहरी –९ मा रहेको खनार बचत तथा ऋण सहकारी संस्था लिमिडेट स्थापना भएको ११ वर्ष पुगेको छ । 

सोहि अवसरमा सहकारीले शनिबार ११ औँ वार्षीक साधारणसभाको आयोजना गर्दै संस्थाको आय व्यवका बारेमा जानकारी दिएको छ । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष सुदिप तामाङले निरन्तर घाटाबाट गुर्जीरहेको संस्था नाफातर्फ उन्मुख भएको जानकारी दिएका छन् । 

सुदिप २०७७ साल भदौ ३० गते सहकारीको अध्यक्ष पदमा नियुक्त भएका थिए । उनि अध्यक्ष भएको लगभग डेढ वर्ष पुग्न लगेको छ । यो अवधिमा उनले घाटामा चल्दै आएको सहकारीलाई नाफाउन्मुख बनाउँदै लगेका छन् ।

‘सहकारी सिद्धान्त र ऐन तथा सदस्यहरुको भावना अनुरुप २०६८ साल फागुन १९ गते स्थापना भएको यस खनार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनासँगै देशका विभिन्न समस्या र परिस्थितिसँग जुध्दै सेयर सदस्यहरुलाई स्रोतले भ्याएसम्म सेवा पुर्याइहरको छ’, अध्यक्ष तामाङले भने, ‘सहकारी क्षेत्रमा भएका विद्यमान विकृतिलाई पन्छाउँदै हामीले यस घडिसम्म आइपुग्दा छुट्टै पहिचान बटुलीसकेका छौँ ।’

जिल्ला सहकारी संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष नरेशकुमार इबारम ।

सहकारीले ११ वर्षको आयु पुरा गर्दा सेयर सदस्य र सेयर पुँजीमा अकल्पनीय वृद्धिदर हाँसिल गरेको उनको भनाइ छ । ‘०६८ सालमा यो सहकारी एक लाख १० हजार सेयर पुँजी लगानिबाट स्थापना भएको हो । 

त्यो बेला यो सहकारीमा ७ जना महिला र १८ जना पुरुष गरि २५ जना सेयर सदस्य हुनुहुन्थ्यो’, उनले भने, ‘हाल हाम्रो चुक्ता पुँजी ५२ लाख ३१ हजार दुई सय रहेको छ । सेयर सदस्य संख्या पनि उलेख्य रुपमा बढेको छ । 

हाल हाम्रो सहकारीमा ५५२ जना महिला र ६७२ जना पुरुष गरि १२ सय २४ जना सेयर सदस्य रहनुभएको छ ।’ स्थापनाको केहि वर्षपछि टुकि बालेर खोज्ने अवस्थामा पुगेको सहरकारीमा अहिले आम नागरिकको चासो र चिन्तासँगै संलग्नता पनि बढ्दै गएको उनाले जानकारी दिए । 

वितेको डेढ वर्षमा निक्षेप २० लाख हाराहारीबाट वृद्धि भएर ३ करोड ३४ लाख ४५ हजार ४३२ मा पुगेको व्यवस्थापक धर्मेन्द्र दासले जानकारी दिए । उनले यस आर्थिक वर्षको अन्त्य सम्म ७४ करोड ५६ लाख १३ हजार ४४४ पुर्याउने लक्ष्य लिएको जानकारी दिए । 

११ औँ साधारणसभामा सहकारीले उत्कृष्ट निक्षेप बचतकर्ता ५ जना, उत्कृष्ट असल ऋणी ५ जना, उत्कृष्ट आबधीक ३६५ बचतकर्ता र आवधिक वचतकर्ता ५ जना, उत्कृष्ट नारी बचतकर्ता ५ जना र उत्कृष्ट बाल बचतकर्ता ५ जनालाई सम्मान समेत गरेको छ । साथै सहकारीले उत्कृष्ट ५ जना कर्मचारीलाई पनि सम्मान गरेको छ ।