काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। यस्तै थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरबाट ४५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४११ र एन्टिजेनबाट २१२३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४६५ र एन्टिजेनबाट ३५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८६९ पुगेको छ।