इटहरी । पानी जमेको खाल्डोमा डुबेर एक वर्षीया नाबालिकाको मृत्यु भएको छ । मृतयु हुनेमा सुनसरीको हरिनगरा गाउँपालिका–३ की निलम कुमारी रामकी एक वर्षीया छोरी सुस्मिता कुमारी राम हुन् ।
मंगलबार दिउँसो घर छेउको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा नाबालिका रामलाई भेटिएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसान्धान गरिरहेको जनाएको छ ।