आईपीओ निष्काशन गर्दै उपकार लघुवित्त

न्युजलय १६ चैत २०७८, बुधबार ०२:०३ मा प्रकाशित

काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले चैत्र २५ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा चैत्र २९ गतेसम्म र ढीलोमा २०७९ बैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

 

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।