अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा

न्युजलय १४ चैत २०८१, शुक्रबार ०९:५१ मा प्रकाशित

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा भएको छ ।

राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको हो । यसअघि तीनकुनेको घरमा पनि तोडफोड गर्दै आगजनी भएको थियो ।

प्रदर्शनकारीले आगो निभाउन गएको दमकलमाथि पनि ढुंगा प्रहार गरेपछि दमकल फर्किएको थियो । त्यसपछि प्रहरीले सुरुमा अश्रुग्यास र पछि हवाई फायर गरेको थियो ।