काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

न्युजलय १४ बैशाख २०८१, शुक्रबार ०९:५६ मा प्रकाशित

काठमाडौं । भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।

आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार सबैभन्दा बढी प्रदूषित शहर पोखरा बनेको छ । विभागले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकअनुसार पोखराको १९३ एक्युआई वायु गुणस्तर मापन भएको छ ।