इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

न्युजलय २३ पुस २०७८, शुक्रबार ०४:१९ मा प्रकाशित

इटहरी । इटहरी –२० पानीपिया जङ्गलमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरी प्रहरीले जनाएको छ ।  

कोसी लोकमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  सवारीसाधन र बस चालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।