सर्लाहीमा वडाध्यक्षले कुटे सचिव

न्युजलय १० बैशाख २०७९, शनिवार ०३:०४ मा प्रकाशित

सर्लाही । सर्लाहीमा वडाध्यक्षले एक सचिवलाई कुटेका छन् ।


बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।


वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुझारथ गरेका मण्डलले ल्याएको भर्पाइमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताएका छन् ।  


वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितको सुरुमा स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार भएको थियो । त्यसपछि थप उपचारका लागि सर्लाही अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।