नेप्से ७.१३ अंकले घट्यो

न्युजलय २५ माघ २०७९, बुधबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । 

मंगलबार ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६९ करोडको भयो । कारोबार रकम बढे पनि परिसूचक नेप्से भने सामान्य अंक घटेको छ । ७.१३ अंक घटेर नेप्से २१७० अंकमा कायम भएको छ ।

नेप्से बजार खुलेको ३५ मिनेटमै २२१३ अंकसम्मपुगेको थियो । सामान्य उतारचढावका बाबजुत परिसूचक अन्ततः ७ अंक घट्न पुग्यो । 

तेह्रथुम पावर र धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । पोखरा फाइनान्सको ४.९ र ग्रीन भेन्चरको मूल्य ३.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, अपी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।