काठमाण्डौ । स्थानीय तहको निर्वाचनका लागि भारतसँग जोडिएको सीमानाका मंगलबार(भोली) रातिदेखि बन्द हुने भएको छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मंगलबार राति १२ बजेदेखि भारतसँग जोडिएको मधेस प्रदेशको आठ वटै जिल्लाको सीमानाका बन्द हुन लागेको हो ।
बैशाख ३० मा हुने मतदानका लागि मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि सीमानाका बन्द हुने बताइएको छ ।
यस्तै निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६ को खण्ड (थ) बमोजिम महोत्तरीमा बुधवार राति १२ बजेदेखि निर्वाचनको अन्तिम मतपरिणाम नआउनजेलसम्मका लागि मादक पदार्थ विक्री वितरण तथा सेवनमा पूर्ण रुपले रोक लगाइएको छ ।