धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले धरानबाट ६ जना व्यक्तिहरूलाई सहकारी ठगीको आरोपमा पक्राउ गरेको छ ।
धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य अस्मिता भण्डारी, सरिता कालिकोटेलगायतलाई पक्राउ गरेको हो । शुक्रबार जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरे पनि आधिकारिक जानकारी भने दिएको छैन ।
धरानमा बराह सहकारी र श्रेया सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिलेसमेत प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।