अभिनेता पल शाह उच्च अदालत जाने

न्युजलय ११ चैत २०७८, शुक्रबार ०८:४४ मा प्रकाशित

 काठमाण्डौ । नाबालिगमाथि करणीको अभियोग लागेका अभिनेता पल शाह उच्च अदालत जाने भएका छन् । 

जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध उनी उच्च अदालतमा जाने भएका हुन् ।

पल शाहका कानुनी व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिनेछन् । उनीहरुले पल शाहलाई धरौटीमा रिहा गर्नुपर्ने माग राख्ने भएका हुन् ।

यसअघि बिहीबार तनहुँ जिल्ला अदालतले पल शाहलाई उनकै बयानको आधारमा बलात्कार नगरेको प्रमाणित हुन नसकेको भन्दै पुर्पक्षमा थुनामा पठाउने आदेश दिएको थियो ।