बाँडफाँड भयो सिवाईसी लघुवित्तको आईपीओ

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०४:१४ मा प्रकाशित

काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आईपीओ बाँडफाँट गरेको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

जसमा १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ ।

गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।