काठमाडौं । पछिल्लो २४ घण्टामा २८० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।
सोही अवधिमा तीन सय जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।