भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

न्युजलय १७ पुस २०७८, शनिवार ०१:३३ मा प्रकाशित

काठमाडौं । भारतले यू–१९ एसिया कपको उपाधि जितेको छ।

 

शुक्रबार भएको खेलमा श्रीलंकालाई डक अफ वर्थ लुइस नियमअनुसार ९ विकेटले हराउँदै भारतले उपाधि आफ्नो नाममा गरेको हो।


यूएईको दुबईमा वर्षाले प्रभावित भएको खेलमा भारतले जितको लागि १०२ रनको लक्ष्य पाएको थियो। 


जवाफी ब्याटिङ गरेको भारतले १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

 

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले वर्षाले खेल रोकिनुभन्दा अगाडि ७ विकेटको क्षतिमा ७१ रन बनाएको थियो।


वर्षा रोकिएपछि पुनः सुरु भएको खेलमा श्रीलंकाले ३८ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो।


डक अफ वर्थ लुइस नियमअनुसार भारतले १०२ रनको लक्ष्य पाएको थियो। यसअघि सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराएका थिए।