काठमाण्डौ । बीमा रकमको लोभमा चालक र सहचालकले टिप्परमा आगजनी गरेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले आयोजना गरेको बन्दका दिन मंगलबार(आज) बिहान दाङको लमहीघोराही सडकखण्डको बबईखोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगजनी गरिएको थियो।
घटनाबारे अनुसन्धान गर्दा चालक र सहचालकले नै आगजनी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरूले बीमा रकमको लोभमा टिप्परमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।