घट्यो सुनको मूल्य

न्युजलय १५ फाल्गुण २०७९, सोमबार ०४:५८ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) सुनको मूल्य तोलमा दुई सय रुपैयाँ घटेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।