कांग्रेस र माओवादी पार्टी परित्याग गरी १०२ जना नेकपा एमालेमा प्रबेश

न्युजलय २१ फाल्गुण २०७८, शनिवार ०८:४८ मा प्रकाशित

इटहरी । राष्ट्रीय युवा संघ नेपाल इटहरी–२ नम्बर वडा कमिटी गठन गर्नेक्रममा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी १०२ जना नेकपा एमालेमा प्रबेश गरेका छन ।

राष्ट्रीय युवा संघ नेपाल सुनसरीद्वारा कमिटीलाई बिस्तार तीव्ररूपमा अघि बढाईरहेको छ । सबै पालिका स्तरीय र वडा टोल कमिटी गठन पुनरगठन गर्ने क्रम तीव्ररूपमा गरिरहेको सुनसरी जिल्ला अध्यक्षले बताए । 

बैसाख ३० गते तोकीएको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर आफ्नो सबै पालिका र वडामा कमिटी बिस्तारलाई तीव्र परेको राष्ट्रीय युवा संघ नेपालका सह–सचिव एवं प्रचार–प्रसार संयोजक सुनील कार्कीले बताए ।