काठमाडौं । आइतबारको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबारदेखि सफा भएको मौसम मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन।
महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
शनिवार मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।