एमाले उपाध्यक्ष बादललाई मातृ शोक

न्युजलय १९ भदौ २०७९, आइतबार ०४:३२ मा प्रकाशित

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृ शोक परेको छ । 

पूर्वगृहमन्त्री बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । 

थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समवेदन व्यक्त गरेका छन् ।