पाँचथरमा घर शिलान्यास गर्दैगर्दा पहिरोले पुरिएर एक जनाको मृत्यु

न्युजलय ५ बैशाख २०७९, सोमबार ०४:०५ मा प्रकाशित

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार आज (सोमबार) बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । 


सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।