इरान विश्वकपका लागि छनोट

न्युजलय १४ माघ २०७८, शुक्रबार ०२:३३ मा प्रकाशित

काठमाडौँ । फिफा फुटबल विश्वकपका लागि इरानले आफ्नो स्थान पक्का गरेको छ ।


इराकलाई १–० ले पराजित गर्दै इरान विश्वकप २०२२ मा छनौट भएको हो। इरानको जितमा मेधी तारेमीले ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।


इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।