यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १७ जेठ २०७९, मङ्गलबार १२:५१ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । सोही प्रभावका कारण मौसम प्रतिकुल हुँदै आएको छ । 


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौंसहित बागमती प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली  रहि बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

 

यस्तै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।