काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।
बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्।
संघीय स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५२ अर्ब ५२ करोडको बजेट सिलिङ पाएको थियो।