बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान बहिष्कार

न्युजलय ११ माघ २०८०, बिहिबार ०६:४९ मा प्रकाशित

 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् ।

राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह हेटौंडा नगएको जानकारी दिए । राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।