पाँच लाख घुससहित मालपोत प्रमुख झा पक्राउ

न्युजलय २९ चैत २०७८, मङ्गलबार ०१:४५ मा प्रकाशित

जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनील झा पाँच लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

 

जनकपुरधामको भानुचोकबाट सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो । उनको साथबाट अख्तियार टोलीले पाँच लाख रुपैयाँ फेला पारेको हो । 


झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग उक्त मोटो रकम घुस लिएको जनाइएको छ ।